४ कार्तिक २०८३, बुधबार

नक्कली शरणार्थी प्रकरणमा आईजीपीसमेत मुछिएपछि स्वर्णिमले भने- कानूनको हात लामो हुन्छ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका प्रमुख नै मुछिएपछि सांसद स्वर्णिम वाग्लेले कानूनको हातबाट कोही पनि उम्कन नसक्ने बताएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद वाग्लेले नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदीग्धको सूचीमा प्रहरी प्रमुख पनि थपिनु दु:खद भएको बताए ।

‘नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने संदीग्धको सूचीमा प्रहरी प्रमुख पनि थपिएको दु:खद आरोप छ। कानुनको हात लामो हुन्छ । कोही भाग्न भाग्न सक्दैनन्। दण्डहीनताको यो निकृष्ट चुरिफुरी, यो नाटक कति लम्बिन्छ हामी हेर्नेछौँ,’ उनले भने।