४ कार्तिक २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणको संसदीय समिति गठन गरेर छानबिन गर्न स्वतन्त्र पार्टीको माग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीले विशेष संसदीय समिति गठन गरेर नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्नुपर्ने माग गरेको छ ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा पार्टी सभापतिसमेत रहेको सांसद रवि लामिछानेले अहिलेको अनुसन्धानमा नेपाली जनतालाई विश्वास नभएकाले विशेष समिति बनाएर छानबिन गर्नुपर्ने माग गरेका हुन् ।

यो प्रकरणमा मुछिएका कतिपयलाई छानबिनको दायरामा समेत नल्याएको भन्दै लामिछानेले आपत्ति जनाए ।

‘यो काम अँध्यारो कोठा र गल्लीमा भएको भएको थिएन, बालुवाटार र सिंहदरबारमा बसेकाहरूबाट भएको कुरा आएका छन् । अब संसदीय विशेष समितिको गठन गरेर छानबिन गर्नुपर्छ । ज-जसको आएको छ उनीहरुलाई सोधपुछ हुनपर्‍यो। सोधपुछका लागि एक पटक बोलाउन नहुने के हो,’ लामिछानले भने ।