
काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमाथि आशंका व्यक्त गरेका छन् ।
बुधबारको प्रतिनिधि सभाको सुरूमै विशेष समय लिँदै लामिछानेले अहिलेको अनुसन्धानले चाहेको जस्तो छानबिन हुन नसक्ने भन्दै संसदले विशेष समिति बनाएर छानबिन गर्नुपर्ने माग गरेका हुन् ।
लामिछानेले यो प्रकरणको लेनदेन दिउँसै दिन दहाडै बालुवाटारस्थित प्रधानमन्त्री निवास, सिंहदरबारबाट भएको विषयहरू आइरहेका भन्दै यो मुछिएका केही व्यक्तिलाई अनुसन्धानको दायरामासमेत नल्याएकोमा उनले आपत्ति जनाए ।
उनले प्रधानमन्त्री र गृहमन्त्रीले सुरूमा मुटु दह्रो छ भनेर भनेकामा टिप्पणी गर्दै अब प्रधानमन्त्रीको मुटु कहाँ गएर चेक गर्ने ? भन्दै प्रश्न गरे ।
‘यो कुनै अँध्यारो कोठामा कुनै गल्लीमा भएको क्रियाकलाप छैन । दिउँसै दिनदहाडै दिनको उज्यालोमा प्रधानमन्त्री कार्यालय बालुवाटारमा मन्त्री क्वाटरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएका विषयहरू आइरहेका छन् । यसमा मुछिएका मान्छेहरू हेर्नुस् यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ? विश्वासको बाटो बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएका यसको छानबिन गर्नुपर्ने हुन्छ । जुनजुन निकायहरू यसमा लागि परेका छन् कसैको पनि विश्वास गर्ने वातावरण नभएको हुनाले ज जसको नाम आएको छ तिनिहरूलाई छानबिनको दायरामा समेत ल्याउन नहुने गरी सोधपछ समेत गर्न नहुने गरी किन डराएको ? गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । प्रधानमन्त्रीले मुट दह्रो छ भन्नुभएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ? हरेक नाम आएका व्यक्तिलाई कारबाहीको दायरमा ल्याउनुपर्यो । एकपटक सोधपुछका लागि बोलाउन नहुने को हो उहाँहरू ? यो छानबिनले चाहेको जस्तो छानबिन गर्न सक्दैन । संसदले विशेष समिति बनाउनुपर्छ माग गर्न चाहन्छु,’ उनले भने ।















प्रतिक्रिया