
काठमाडौं, १० जेठ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज बुधबार सुनको मूल्य तोलामा ६ सयले बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघकाअनुसार आज चाँदीको मूल्य भने तोलामा पाँच रूपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया