२ कार्तिक २०८३, सोमबार

बाँकेको राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खजुरा, १० जेठ । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मंगलबार साँझ डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।

उनीहरु छ जनाको समूहमा वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।