
काठमाडौं, ९ जेठ । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएपछि असन्तुष्टि जनाउँदै माओवादी बाहिरिएको हो ।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका दुई र नेकपा (एकीकृत समाजवादी) का एकजना मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र यादवलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन् ।
यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् । पूर्वसहमति अनुसार मुख्यमन्त्री नचलेको भन्दै माओवादी सरकारबाट बाहिरिएको हो ।
प्रदेश सरकारमा माओवादीबाट एक मन्त्री र एक राज्यमन्त्री सहभागी दिए ।















प्रतिक्रिया