२९ आश्विन २०८३, बिहिबार

शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको थियो । जसअनुसार अदालतले जिल्ला प्रहरी परिसर काठमाडौँलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जना प्रहरीको हिरासतमा छन् ।

प्रहरीले शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । सरकारी वकिलको कार्यालयले प्रतिवेदन अध्ययन सकेर अदालतमा मुद्दा दायर गर्नेछ ।