
काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यपुस्तकबाट वरिष्ठ नेत्र चिकित्सक सन्दुक रूइतको जीवनी हटाइएकोमा आपत्ति जनाएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा भाग लिँदै सांसद पन्तले जीवनी हटाइएकोमा आपत्ति जनाउँदै हटाउनुको कारण माग गरेका छन् ।
रूइतका कारणले देशको इज्जत बढेको उनले बताए ।
‘उहाँको कारणले हाम्रो देशको इज्जत बढेको छ । त्यो जीवनी पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जीवनी हटाइयो ? शिक्षामन्त्रीले यसबारेमा स्पष्ट जवाफ दिनुहोस् भन्ने चाहान्छु,’ सांसद पन्तले भने ।















प्रतिक्रिया