४ कार्तिक २०८३, बुधबार

मधेश सरकार विस्तार, को-को बने मन्त्री ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । मधेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ ।

मुख्यमन्त्री सरोज यादवले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री यादवले काँग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्रकुमार सिंहलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीको आज दिउँसो १ बजे सपथ कार्यक्रम रहेको छ । यस्तै एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा समेल गराउने निश्चित भएको छ ।

जसअनुसार नेकपा एसका गोविन्द न्यौपाने कृषि मन्त्री बन्दैछन् । मुख्यमन्त्री यादवले जनमत पार्टीको भागमा रहेको कृषि मन्त्रालय खोसेर एकीकृत समाजवादीलाई दिएका हुन् ।