४ कार्तिक २०८३, बुधबार

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको सपथ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । लुम्बिनी प्रदेशमा थप तीन जनाले मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सोमवार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

सोमबार मुख्यमन्त्री डिल्ली चौधरीले नेपाली काँग्रेसका नेता राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमी व्यवस्था मन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्री नियुक्त गरेका थिए ।

त्यस्तै यसअघि नै मन्त्री नियुक्त भएका लोसपाका सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ ।

यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन् ।