४ कार्तिक २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ जाहेरी दर्ता

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन्। पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका जाहेरीमा २७ करोड रुपैयाँभन्दा बढी ठगी भएको उल्लेख छ।

उक्त प्रकरणमा सुरूआतमा ८१ जनाको १३ करोड रुपैयाँ ठगी भएको भन्दै काठमाडौं उपत्यका अपराध अनुन्धान कार्यालयलमा उजुरी परेको थियो।

कार्यालयले थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका व्यक्तिसहित फाइल जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ। त्यसपछि थप व्यक्तिले जाहेरी दिएका रिजालले बताए।

उक्त मुद्दामा आजसम्म प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। केही व्यक्ति फरार छन्। केही व्यक्ति अनुसन्धानको घेरामा रहेकाले दरिलो प्रमाण जुटाउने प्रयास भइरहेको उनको भनाइ छ।

गत वर्ष चैत १२ गतेदेखि प्रहरीले आरोपितलाई पक्राउ गर्न थालेको हो।