४ कार्तिक २०८३, बुधबार

खाँणको मोबाइलमा प्रहरीले भेट्टाएन प्रमाण

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणको मोबाइलमा प्रहरीले प्रकरणमा संलग्न पुष्टि हुने प्रमाण भेट्टाउन नसकेको बताइएको छ ।

प्रहरीले खाँणको मोबाइल नियन्त्रणमा लिएर ‘डेटा रिकभरी’का लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको थियो ।

डाटा रिकभर गर्दा प्रकरणमा संलग्न पुष्टि हुने कुनै प्रहरी प्रमाण फेला नपरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

कुनै पनि प्रमाण फेला नपरेपछि प्रहरीले खाँणलाई गिरोहलाई संरक्षण गरेको भनेर मुद्दा चलाउन सिफारिस गरेको छ ।