
काठमाडौं, ८ जेठ । नेपालमा सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८३५ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज १० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमितमध्ये दुईजनाको आइसीयू र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।















प्रतिक्रिया