४ कार्तिक २०८३, बुधबार

प्रहरीले बुझायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

प्रहरीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

दुई महिना लामो अनुसन्धानपछि प्रहरीले प्रतिवेदन बुझाएको हो । प्रहरीले हिजो प्रतिवेदन बुझाउने तयारी गरेपनि आज बल्ल बुझाएको हो । प्रहरीले पक्राउ परेकाहरूबाट झन्डै २७ करोडको बिगो रकम माग गर्नुपर्ने उल्लेख गरेको छ।

प्रहरीले सरकारी वकिलको कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजाय गर्न राय दिएको छ ।

प्रहरीले यो प्रकरणमा १६ जनालाई पक्राउ गरेको छ भने १६ जना नै फरार रहेका छन् । प्रहरीले यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई मुख्य मतियार बनाएको छ ।