
काठमाडौं, ८ जेठ । सामाजिक सञ्जालमार्फत आफूहरूको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरू आन्दोलित भएका छन् ।
विभिन्न बहानामा नर्सहरूको चरित्र हत्या गर्न खोजिएको, दमन गर्न खोजिएको र काम अनुसारको सेवा सुविधाबाट बञ्चित गरिएको भन्दै उनीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले कसैको चरित्र हत्या गर्न पाइदैन, नर्सहरूमाथिको दमन आखिर कहिलेसम्म ? के नर्सहरूमाथि अत्याचार गर्न पाईन्छ ? नर्स क्षेत्रमा सुरक्षा प्रत्याभूति गरियोस् लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
त्यस्तै प्रदर्शनमा सहभागीहरूले सामाजिक सञ्जालमा नर्सहरुको चरित्र हत्या गर्ने भिडियो सार्वजनिक भएको र यसले समग्र पेशा नै बदनाम गर्न खोजिएको गुनासो गरेका छन् ।















प्रतिक्रिया