४ कार्तिक २०८३, बुधबार

पक्राउ परेको १२ दिनपछि हिरासतमा पुगेर बालकृष्णलाई भेटिन् मञ्जुले

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई उनकी पत्नी मञ्जु खाँणले भेटेकी छिन् ।

पक्राउ परेको १२ दिनपछि मञ्जुले काठमाडौं प्रहरी परिसरको हिरासतमा पुगेर बालकृष्णलाई भेटेकी हुन् ।

खाँण वैशाख २७ गते पक्राउ परेका थिए । यो प्रकरणमा मञ्जुको नाम पनि मुछिएको छ । नाम मुछिएपछि एकाएक गायब भएकी मञ्जु जेठ ४ गतेको संसद्‌मा उपस्थित भएकी थिइन्।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले खाँण, पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीसहित १६ जनालाई पक्राउ गरेको छ।