
काठमाडौं, ८ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित माछापुच्छ्रे बैंकमा रहेको खाताबाटै बचतकर्ताको रकम गायब भएको छ ।
वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ७५००६५३८३८०००१४ बाट रकम गायब भएको हो ।
पैसा निकाल्न बैंक गएपछि खातामा पैसा नरहेको यादवले थाहा पाएका थिए । उनले बैंकसँग स्टेट्मेन्ट माग्दा पनि बैंकले दिन इन्कार गरेको उनले बताएका छन् ।
यादवको खाताबाट ९८६०१०१०२२, ९८०१५३३५४२, ९८२५०७४४०० र ९८२४२५५६३१ नम्बरको मोबाइल प्रयोग गरी सिटिजन बैंक र सानिमा बैंकमा रकम ट्रान्सफर गरेको पाइएको छ ।
रकम खाताबाटै गायब भएपछि उनले प्रहरीमा उजुरी दिएका छन् ।
प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।















प्रतिक्रिया