४ कार्तिक २०८३, बुधबार

बझाङ हिमपहिरो: दुईजनाको शव फेला, अझै एकजना बेपत्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । बझाङको सुर्मा गाउँपालिका– २ स्थित धानसेरीमा आइतबार गएको हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये दुईजनाको शव फेला परेको छ ।

शव भेटिनेमा सुर्मा गाउँपालिका–३ की ४० वर्षीया रामकोइला बोहरा र जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया रमिता धामी रहेका छन् ।

जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामी अझै बेपत्ता छिन् ।

हिमपहिरोमा परेर सुर्मा गाउँपालिका–३ का ४० वर्षीय बाबजी बोहरा र जयपृथ्वी नगरपालिका–११ का १४ वर्षीय आकाश धामी घाइते भएका छन्।