२ कार्तिक २०८३, सोमबार

सरकारको नीति तथा कार्यक्रम: २० जना सांसदले दर्ता गरे संशोधन प्रस्ताव

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । सरकारको नीति तथा कार्यक्रममाथि २० जना सांसदले संसोधन प्रस्ताव दर्ता गराएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले संसोधन प्रस्ताव दर्ता गराएका हुन् । संसोधन प्रस्ताल दर्ता गर्ने सांसदहरूमा कांग्रेसका सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडु, नेकपा (एमाले) बाट एकनाथ ढकाल, बासुदेव घिमिरे, सूर्यबहादुर थापा क्षेत्री, नारायणप्रसाद आचार्य, जुलीकुमारी महतो (महासेठ), भगवती चौधरी, ज्वालाकुमारी साह, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, महेशकुमार बर्तौला र सूर्यप्रसाद ढकाल रहेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दा कार्की भण्डारी, सोबिता गौतम र सुमना श्रेष्ठले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

यस्तै, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल, नागरिक उन्मुक्ति पार्टीबाट गङ्गाराम चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट रामप्रकाश चौधरीले नीति तथा कार्यक्रमका विभिन्न बुँदामाथि संशोधन प्रस्ताव दर्ता गरेका छन् ।