
काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई छोड्ने र निर्दोषलाई फसाउने प्रयास भइरहेको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारले निर्दोषलाई फसाउने प्रयास गरिरहेको बताएका हुन् ।
यो भ्रष्टाचारको कारबाहीलाई निष्पक्ष र तटस्थ ढंगले कोही पनि अपराधी नउम्कने गरी निर्दोष कोही नफसोस् । म तथ्य प्रमाणसहित भन्छु दोषीलाई उम्काउने प्रयास भइरहेको छ । निर्दोषलाई फसाउने कोशिस भइरहेको छ । यो कुरा बन्द गरियोस्,’ अध्यक्ष ओलीले भने, ‘हामी सधैँ भ्रष्टाचारीलाई कारबाही गरियोस् भन्ने पक्षमा छौँ। अहिले निर्दोष फसाउने र दोषी उम्काउने काम भइरहेको छ’, उनले भने, ‘यो कुरा भोलि अझै भयावहरुपमा निस्किन्छ। आगो छोप्न सकिन्छ तर धुवाँ छोप्न सकिँदैन’।
ओलीले प्रहरीलाई निष्पक्ष रूपमा अनुसन्धान गर्न दिन आग्रह गरे ।
उनले भने, ‘सरकारलाई म भन्न चाहन्छु । सरकारले यसमा मन्त्रिपरिषद्, नेताहरूले हस्तक्षेप गर्ने जरूरी छैन । प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुस् त,’ ।















प्रतिक्रिया