
काठमाडौं, ७ जेठ । नेपाली बजारमा आइतबार सुनको मूल्य आठ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया