४ कार्तिक २०८३, बुधबार

सरकारलाई केपी ओलीको प्रश्न- लिम्पियाधुरा, लिपुलेक र कालापानीको अवस्था के छ ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुराको अवस्था के छ ? सीमा सुरक्षित छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले भारत नेपालको छिमेकी देश भएको तर सरकार छिमेकीसँगै सीमाकाबारेमा छलफल गर्न डराइरहेको टिप्पणी गरे ।

‘यस सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालमा पर्छ कि पर्दैन रु यो सरकारलाई थाहा भएको पनि देखिँदैन । प्रस्तावित नीति तथा कार्यक्रमको बुँदा नम्बर १८५ मा संविधानको अनुसूचीमा रहेको नेपालको नक्सा अटाउन सकेको छैन, त्यहाँ बोलिँदैन,’ अध्यक्ष ओलीले भने ।

खुलस्त कुराकानी नगरी समस्या समाधान नहुने उनको भनाइ छ ।

‘भारत मित्र हो । मित्रसँग आफूलाई परेको समस्याकाबारेमा खुलस्ता कुरा गर्न किन नसक्ने ? चिसोपन रान्नुभएन’, उनले भने । कालापानीमा भारतले संरचनाहरूसँग निर्माण गरिरहेका भन्ने सुन्नमा आएको भन्दै ओलीको हो कि होइन ?