४ कार्तिक २०८३, बुधबार

देश असामान्य अवस्थाबाट गुज्रिरहेको अवस्थालाई सरकारले लुकाउन खोज्यो: केपी शर्मा ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश असामान्य अवस्थाबाट गुज्रिरहेको अवस्थालाई सरकारले लुकाउन खोजेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रम जनतालाई छल्ने खालको मात्रै भएको बताए ।

सरकार राजस्व उठाउन असफल भएको, अनिवार्य दायित्वको खर्च व्यवस्थापन गर्न पनि सरकार असफल भएको अवस्थामा नीति तथा कार्यक्रममा भने सबै सूचक सकारात्मक राखेर छल्न खोजेको बताएका हुन् ।

नीति तथा कार्यक्रमको दस्तावेज विरोधाभास रहेको ओलीको टिप्प्णी छ ।

‘सरकार आत्मरतिमा रमाएको हो कि ? देशको परिस्थिति नबुझेको हो कि ? जनतालाई अल्मल्याउन खोजेको हो कि ? नीति तथा कार्यक्रमले देशमा उत्साह सिर्जना गर्न सकेको छैन । आर्थिक वृद्वि गर्ने कुनै योजना नै छैन । कहाँ पुग्ने भन्ने गन्तव्य छैन,’ अध्यक्ष ओलीे भने ।