
काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का नेता विष्णु रिमाल र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच ‘वार’ चलेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक एक भिडिओमा एमाले नेता रिमालले मेयर साम्पाङलाई बौलाहा टाइपको’ संज्ञा दिएपछि मेयर हर्कले पनि उनलाई जवाफ फर्काएका हुन् ।
‘धरानको बौलाहा टाइपको मेयर छ । काम त राम्रै गर्या होला । धरानबाहिर पपुलर छ धरानभित्र के छ थाहा छैन । उसकोमा ४०/५० हजारले लाइक गर्या देख्छु एक घण्टामा । त्यसपछि स्वतन्त्र पार्टीको सभापतिले राख्या देख्छु । उसको एक घण्टामा ३०/४० हजारले लाइक गर्या देख्छु । त्यही लयमा उनीहरूको गइराख्या हुन्छ । कहिलेकाहीँ लेख्न मन लागेन भने पनि तिनीहरूबाट पनि सिकौँ न । सूर्यको जय होस लेख्दिनुस् । सूर्यको चिन्ह हाल्दिनुस् । तपाईँ आइडेन्टीफाइ हुनुभयो । त्यति हुनासाथ हाम्रो परिवार एकै ठाउँमा देखिन्छ,’ रिमालले भनेका छन् ।
यस्तै, उनलाई जवाफ फर्काउँदै मेयर हर्कले लेखेका छन्–विष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद म दिन्न । मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोडिदिन्छु ।’















प्रतिक्रिया