३ कार्तिक २०८३, मंगलबार

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार प्रतितोला ५ सय रुपैयाँले घटेको छापावाल सुन आज आइतबार ८ सय रुपैयाँले बढेर तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कोरोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।