
काठमाडौं, ७ जेठ । कमल थापा नेतृत्वको राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज आइतबार बस्ने भएको छ ।
जेष्ठ ९ र १० गते काठमाडौंमा बस्ने केन्द्रीय समितिको बैठकको तयारी सन्दर्भमा आज बैठक बस्न लागेको हो ।
बैठक पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसो १:३० बजे बस्नेछ ।
केन्द्रीय समितिमा पार्टी अध्यक्ष थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र, महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय, प्रशिक्षण, संगठन र स्मार्ट पार्टी निर्माण सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिवेदनमाथि आजको कार्य सम्पादन समितिमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।











प्रतिक्रिया