४ कार्तिक २०८३, बुधबार

११ बुँदे सहमतिपछि कांग्रेस सांसद गौतमले तोडे अनशन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । विभिन्न १५ बुँदै माग राख्दै अनशनमा बसेको नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले अनशन तोडेका छन् ।

उनले आठौं दिनमा अनशन तोडेका हुन् । शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति गरेपछि उनले अनशन तोडेका हुन् ।

‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित उनी गत वैशाख ३० गतेबाट बर्दिया जिल्ला स्थित बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुल (भत्किएको) मुनि अनशन बसेका थिए ।

गौतम बर्दिया क्षेत्र नम्बर-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।