
काठमाडौं, ६ जेठ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्रबाट ३ र कांग्रेसबाट १ जना गरी ४ जना मन्त्री नियुक्त गरेका छन्।
नेकपा माओवादी केन्द्रयका रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण, झपट साउद सामाजिक विकास मन्त्री र माओवादीकै समानुपातिक सांसद गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका हुन् ।
यस्तै, नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ गराएका हुन् ।















प्रतिक्रिया