
काठमाडौं, ६ जेठ । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छोरा जयवीर देउवाको विवाह गर्ने तयारी गरेका छन् ।
देउवा र आरजु राणा देउवाकी हुनेवाली बुहारी हुन् गायीका शिवाना श्रेष्ठ । शिवाना अंग्रेजी गीतहरूको कभर गाएर युट्युबमा राख्ने गर्छिन् । उनले एउटा नेपाली गीत आफ्नै स्वरमा रेकर्ड पनि गराएकी छन् ।
हालसालै मात्र जयवीरले शिवानालाई औँठी लगाइदिएको तस्वीर सार्वजनिक भएपछि उनीहरूको विवाह हुन लागेको आँकलन गरिएको थियो । जयवीरले शिवानालाई औँठी लगाइदिएको तस्वीर शिवानाकी आमा प्रतिभा श्रेष्ठले सार्वजनिक गरेकी थिइन् ।
जयवीर र शिवानाको छिट्टै इन्गेजमेन्ट तयारी तयारी देउवा दम्पतीको छ । तर, मिति भने निधो भइसकेको छैन । इन्जेगमेन्ट लगत्तै बिवाह गराउने तयारी रहेको जानकारी दिइएको छ ।
जयवीर देउवा दम्पतीका एक मात्रै सन्तान हुन् ।















प्रतिक्रिया