
काठमाडौं, ६ जेठ । भारतको रिजर्भ ब्याङ्कले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ ।
शुक्रवार जारी गरेको विज्ञप्तिमा आरबीआईले दुई हजारका नोट ३० सेप्टेम्बर २०२३ सम्म बैंकमा जम्मा गर्न आग्रह गरिएको छ ।
सर्वसाधारणले आफ्नो बैंक खातामा दुई हजारका नोट जम्मा गर्न वा जुनसुकै बैंक शाखामा गएर नोट साट्न सक्ने विज्ञप्तिमा उल्लेख छ। सर्वसाधारणले एकपटकमा २० हजारसम्मको नोट सटही गर्न सक्नेछन्।
सन् २०१६ को नोभेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीले कालोधन नियन्त्रणका लागि ५०० र १,००० रुपैयाँका नोट बन्द गर्ने घोषणा गरेका थिए। सरकारले दुई हजारको नयाँ नोट ल्याएको थियो।















प्रतिक्रिया