
काठमाडौं, ६ जेठ । संसारकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने अधिकांशको चाहना हुन्छ । तर कतिपय सफल आरोहण गर्न असफल हुन्छन् भने कतिले त ज्यान नै गुमाउँछन् ।
यसैबीच, सगरमाथा आरोहण गर्ने क्रममा यो सिजनमा मात्रै ११ जनाले ज्यान गुमाएका छन् । शुक्रबार एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै यो सिजनमात्रै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ पुगेको हो ।
मलेसियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुब सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परेपछि आधारशिविर ल्याईएको थियो । उनको सोही क्रममा मृत्यु भएको हो । अर्का एक जनाको भने पहिचान खुल्न बाँकी छ ।
सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिले जानकारी दिएको छ ।















प्रतिक्रिया