
काठमाडौं, ६ जेठ । अमेरिकी प्रतिवेदनप्रति आपत्ति जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अमेरिकालाई पत्र पठाएको छ ।
अमेरिकाले सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ प्रति असहमति जनाउँदै राप्रपाले दूतावासमार्फत पत्र पठाएको हो ।
अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदनमा हिन्दु राज्यको पक्षमा अभिव्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दु समूहले रकम दिने गरेको उल्लेख गरेपछि राप्रपाले आपत्ति जनाएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी राजदूत डीन आर थम्प्सनलाई लेखेको पत्रमा अमेरिकाले सार्वजनिक गरेको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रही भएको टिप्पणी गरेका छन् ।















प्रतिक्रिया