२९ आश्विन २०८३, बिहिबार

बालकृष्ण खाँणलाई निलम्बन गर्न कांग्रेस डराएकै हो त ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । कुनै पनि उच्च ओहदाको व्यक्तिले राज्यको नियम विपरीतको कार्य गरेमा अर्थात संलग्न रहेको पाइएमा घट्नाको टुंगो नलागुन्जेल जुनसुकै पदमा भए पनि तत्काल निलम्बन गर्नुपर्ने हुन्छ ।

तर, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पुर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भने कांग्रेसले अझै जोगाइराखेको छ ।

खाँण पक्राउ परेको ९ दिन वितिसक्दा पनि उनलाई अहिलेसम्म पार्टीले किन निलम्बन गर्न सकेन भन्ने प्रश्नहरु उठिरहेका छन् । यस विषयमा पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । खाँणलाई निलम्बन गर्नुपर्ने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा कांग्रेसभित्रकै नेताहरुको आवाजलाई समेत देउवाले वेवास्ता गरेका छन् । यसो त, उक्त प्रकरणबारे प्रश्न उठ्ने आशंकामा देउवा पार्टीका बैठकमा समेत सहभागि भएको पाइदैन ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका बेला खाँण गृहमन्त्री रहेका थिए । खाँण पक्राउ परेदेखि नै महामन्त्रीद्वय थापा र शर्माले खाँणलाई तत्काल पार्टीको जिम्मेवारीबाट हटाउन आवाज उठाउँदै आएका छन् । थापा र शर्माको प्रस्तावमा पार्टीका अन्य केहि नेताहरुले समेत साथ दिदै आएका छन ।

उक्त प्रस्ताव पार्टी पदाधिकारी वैठकमा समेत राखेका थिए । तर उक्त प्रस्तावमा सभापति देउवाले वास्ता नै गरेनन् । पदाधिकारी बैठकलाई पार्टी विधानले नचिन्ने हुनाले खाणका विषयमा निर्णय गर्न केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समिति बैठक बोलाउनुपर्ने थियो । तर, दुवैमा देउवा बलियो बहुमतमा देखिन्छन् । उनलाई निर्णय गराउन जति सहज छ, इतरपक्षले फरक मतका साथ बनाउन सक्ने मुद्दा सामना गर्न उत्तिकै चुनौतीपूर्ण छ । जसकारण देउवाले न त बैठक बोलाउन चाहेका छन्, नत सार्वजनिक रुपमा कुनै प्रतिक्रिया नै दिन्छन् ।

आरजु राणा पनि संलग्न रहेको विषयमा सार्वजनिक भएको अडियोको वास्तविकता अझै नखुलेका कारण उक्त प्रकरणमा आरजु पनि जोडिने हुन कि भन्ने चिन्तामा देउवा रहेको अनुमान गरिएको छ । जसकारण पनि यो विषयमा देउवा बोल्न नचाहेको बुझिइएको छ । खाँणलाई पार्टीबाटै निलम्बन गर्दा शरणार्थी प्रकरणको लहरो अझै तानिन सक्ने भय देउवामा छ ।

आरजु राणाप्रतिको आशंकालाई बल पुर्‍याउने खालका गतिविधि नहोस् भनेर उनले सजगता अपनाइरहेका छन् । खाँण निलम्बनका विषयमा देउवा मौन बस्नुको अर्को कारण संस्थापन समूहभित्र खाँणको बलियो पकड पनि हो । खाणलाई विश्वासमा नलिँदा आफ्नै समूह कमजोर हुने र यही मौकामा आफूमाथि प्रहार हुन सक्ने देउवाको बुझाइ देखिन्छ ।

एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई शरणार्थी प्रकरणमा फरार रहेकै अवस्थामा निलम्बन गरेको थियो । तर कांग्रेसले पक्राउ परेका व्यक्तिलाई जोगाउन खोज्दा पार्टीको प्रतिष्ठा र जनमत कमजोर बनाइसकेको काँग्रेसजनहरू बताउँछन् ।