३ कार्तिक २०८३, मंगलबार

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार पनि सुनको मूल्य घटेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ९ हजार ७ सय रुपैयाँमा कोरोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी बिहीबारकै मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।