
कैलाली, ५ जेठ । कैलालीको धनगढी उपमहानगरपालिकामा एक डाक्टर झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत डा. शाह आज बिहान आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् ।
शवलाई पोस्टमार्टमको लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया