
काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकारले कुनै पनि कसर बाँकी नराखेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसद शेरबहादुर कुँवरले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले दोषी देखिएको जुन सुकै पदाधिकारी तथा व्यक्तिलाई कारबाही गर्न सरकारी तयार रहेको बताएका छन् ।
छानबिनका लागि प्रहरीलाई हस्तक्षेप नगरिने र गर्न पनि नदिइने प्रचण्डले स्पष्ट पारे ।
दोषी कोही पनि उम्कन नपाओस् र निर्दोष नपरोस् भनेर सरकारले जोड दिएको प्रधानमन्त्रीले बताए ।















प्रतिक्रिया