४ कार्तिक २०८३, बुधबार

आर्थिक वर्ष २०७९/८० को पहिलो नौ महिनामा ९ सय ३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रियो: प्रधानमन्त्री

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक वर्ष २०७९/८० को पहिलो नौ महिनामा ९ सय ३ अरब ३९ करोड रेमिट्यान्स भित्रिएको जानकारी दिएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको प्रश्नोत्तरका क्रममा सांसद ईश्वरीदेवी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले सो जानकारी दिएका हुन् ।

आर्थिक वर्ष २०७९/८० को पहिलो नौ महिनामा भित्रिएको रेमिट्यान्स् गत आर्थिक वर्षको तुलनामा २४ दशमलव ३२ प्रतिशत बढी भएको पनि उनले जानकारी दिए ।

यस्तै, सांसद न्यौपानेले सोधको प्रश्नको जवाफ दिँदै प्रचण्डले नेपालबाट बाहिर पढ्न जाँदा ६७ अरब १९ करोड रूपैयाँ बाहिरिएको बताए ।