
काठमाडौं, ४ जेठ । प्रतिनिधि सभा बैठक सुरू भएको छ ।
बिहान ११ बजेका लागि तय भएको बैठक अबेर गरी सुरू भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने कुरामा सहमति जुट्न नसक्दा बैठक ढिलो गरी सुरू भएको हो ।
एक मात्रै सांसद भएका दल र स्वतन्त्रमध्ये कसलाई प्रश्न सोध्न दिने भन्ने विषयमा सहमति हुन नसकेपछि बैठक बस्न ढिला भएको हो ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्न पाउनुपर्ने माग राखेपछि बैठक बस्न ढिला भएको हो ।















प्रतिक्रिया