४ कार्तिक २०८३, बुधबार

प्रतिनिधि सभा बैठक अझै सुरू हुन सकेन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । आज बस्ने प्रतिनिधि सभा बैठक अझै सुरू हुन सकेको छैन ।

बिहान ११ बजेका लागि तय भएको बैठक अहिलेसम्म सुरू नभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने कुरामा सहमति जुट्न नसक्दा बैठक बस्न नसकेको हो।

एक मात्रै सांसद भएका दल र स्वतन्त्रमध्ये कसलाई प्रश्न सोध्न दिने भन्ने विषयमा सहमति हुन नसकेको हो।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न सोध्न पाउनुपर्ने माग राखेपछि बैठक सुरू हुन नसकेको हो ।