४ कार्तिक २०८३, बुधबार

शाहरुख खानसँग २५ करोड घुस मागेपछि…

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई लागुऔषध बोकेको तथा प्रयोग गरेको भन्ने सबै अभियोगबाट सफाइ दिइएको एक वर्षपछि उक्त घटना अहिले भारतमा फेरि चर्चामा आएको छ ।

सन् २०२१ को नोभेम्बरमा पक्राउ गरिएका आर्यन खानविरुद्ध अनुसन्धानको नेतृत्व गरेका समीर वाङ्खेडेले शाहरूख खानसँग घुस मागेको प्रकरण बाहिरिएसँगै घटनाको चर्चा पुन: सुरू भएको हो ।

वाङ्खेडेले शाहरुख खानको परिवारसँग २५ करोड भारतीय रुपैयाँ घुस मागेको आरोप लगाइएको छ। भारतको प्रमुख जाँच एजेन्सी सीबीआईले सोमवार दर्ता गराएको उजुरीमा वाङ्खेडेसहित पाँच जनाको नाम उल्लेख छ।

सीबीआईका अनुसार वाङ्खेडेले उनका सहयोगीहरूलाई आर्यन खानको परिवारमाथि धम्की दिन लगाएका थिए । २५ करोड भारू नदिए आर्यनलाई लागुऔषध मामिलामा फसाइदिने धम्की उनीहरूले दिएका थिए ।