३० कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीले आज सांसदले सोधेका प्रश्नको जवाफ दिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । प्रतिनिधि सभाको बैठक आज बिहीबार बिहान ११ बजे बस्दै छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

बैठकमा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी, आजै प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिम “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन” पेश गर्ने कार्यूची रहेको संसद सचिवालयले जनाएको छ ।