
काठमाडौं, ३ जेठ । कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेको हो।
गत वैशाख वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा भएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश नलेखेको भन्दै वाग्लेलाई बर्खास्त गरिएको हो ।
सचिव वाग्लेलाई दुई पटक स्पष्टीकरण सोधिएकोमा चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गरिएको हो ।















प्रतिक्रिया