४ कार्तिक २०८३, बुधबार

रायमाझी, खाँणसहित नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले पक्राउ परेकाहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

यो प्रकरणमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, टेकनारायण पाण्डे, नरेन्द्र केसी, सन्दीप रायमाझी, आङटावा शेर्पा, रामशरण केसी र गोविन्द चौधरी प्रहरी हिरासतमा छन्।