४ कार्तिक २०८३, बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्कने र निर्दोष नफस्ने गरी अनुसन्धान भइरहेको छ: गृहमन्त्री

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । उपप्रधान एवम् गृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले निर्दोष नफस्ने र दोषी नउम्कने गरी अनुसन्धान गरिरहेको बताएका छन् ।

बुधवार नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरुले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै श्रेष्ठले दोषी कुनै पनि हालतमा नउम्कने दाबी गरे ।

जस्तोसुकै दबाब आए पनि अनुसन्धान प्रभावित हुन नदिने उनले बताए ।

नक्कली भूटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पती आर्जन गर्ने कुरा संगठित अपराध भएको श्रेष्ठको भनाइ छ ।