४ कार्तिक २०८३, बुधबार

रेशमको रिहाइको माग गर्दै नागरिक उन्मुक्ति पार्टी आन्दोलनमा, चार दिन नेपाल बन्दको घोषणा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । टीकापुर हत्याकाण्डमा मुख्य अभियुक्त रेशम चौधरीलाई रिहाईको माग गर्दै नागरिक उन्मुक्ति पार्टीले आन्दोलनको घोषणा गरेको छ ।

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

आन्दोलनका कार्यक्रमअन्तर्गत जेठ ३, ४, र ५ गते देशव्यापी राँके जुलुस निकाल्ने र ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरिएको छ ।

पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।