४ कार्तिक २०८३, बुधबार

अदालतको आदेशबाट मन विचलित भएको छैन, पुस्तक लेखिरहेको छु: रेशम चौधरी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । टीकापुर हत्याकाण्डको मुख्य दोषी रेशम चौधरीले सर्वोच्च अदालतको आदेशबाट आफू विचलित नभएको बताएका छन् ।

विज्ञप्ति जारी गर्दै चौधरीले आदेशबाट मन विचलित नभएको र पुस्तक लेखिरहेको बताएका छन् ।

उनले ‘धरातल’ नामक पुस्तक लेखिरहेको जानकारी दिँदै केही दिनमा पुस्तक सार्वजनिक गर्ने बताएका छन् । उनले अदालतको आदेश स्वीकार्नुको विकल्प नभएको भन्दै अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्ने उल्लेख गरेका छन् ।

पुनरावलोकनको बाटो अझै खुला रहेको भन्दै उनले न्यायिक पर्खाइमा रहेको बताएका छन् ।

उनले टीकापुर काण्डलाई लिएर समाजिक सञ्जालमा अनर्गल प्रचार भइरहेको भन्दै सामाजिक सञ्जालमा जे पायो त्यही पोष्ट नगर्न पनि उनले अनुरोध गरेका छन् ।