४ कार्तिक २०८३, बुधबार

नातिसँगै कक्षा १२ को परीक्षा दिँदै ८० वर्षीया रत्नकुमारी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने भनाईलाई सत्य सावित गरेकी छिन् ८० वर्षीया रत्नकुमारी सुनुवारले ।

उनी ८० वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिइरहेकी छिन् । रामेछाप जिल्लामा जन्मे हुर्केकी उनको २० वर्षको उमेरमा विवाह भएको थियो ।

छोराछोरी ठूला भइसकेपछि ५४ वर्षको उमेरमा उनले प्रौढशिक्षा लिन थालिन्। तर १० कक्षा पूरा गर्न उनलाई वर्षौँ लाग्यो। कोभिड महामारी सुरु भएपछि एसईई उत्तीर्ण भएकी उनले उच्च माध्यमिक शिक्षा पनि लिने अठोट गरिन्।

अहिले उनी कक्षा १२ को परीक्षामा सहभागी भइरहेकी छन्। उनीसँगै उनका नाति पनि कक्षा १२ को परीक्षा दिइरहेका छन् ।

रत्नकुमारीका चारजना छोराछोरी छन् भने सात जना नातिनातिना छन् ।