४ कार्तिक २०८३, बुधबार

कांग्रेस पार्टीलाई राजनीतिक संज्ञा दिन पनि मन लाग्दैन: केपी शर्मा ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठेरो अवस्थामा पुग्दा पनि लामो इतिहास बोकेको कांग्रेसको भूमिका नदेखिएको भन्दै कांग्रेस पार्टीलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने अवस्थामा पुगेको बताएका छन् ।

सत्ता स्वार्थका लागि कसैसँग एकता र सहकार्य हुन नसक्ने स्पष्ट पारेका छन् । बुधबार मदननगर बल्खुमा आयोजना गरिएको मदन–आश्रित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलको गठबन्धन सरकार प्राप्त गर्नका लागि बनेको भन्दै एमालेले सत्ता स्वार्थका लागि कसैसँग गठबन्धन र एकता नगर्ने स्पष्ट पारेका हुन् ।

उनले अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यविहीन र नीतिविहीन भएको धारणा रखे । ओलीले राजनीति अस्थीरता र अराजकताबाट गुज्रिरहेको अवस्थामा सरकार टिकाउने खेलमा मात्रै गठबन्धनको ध्यान केन्द्रीत रहेको आरोप लगाए ।

ओलीले एमालेले सही बिचार लिएको र संगठन व्यापक भएपनि संगठनात्मक सुधार आवश्यक रहेको बताए । एकतावद्ध भएर सुदृढ प्रयास अघि बढाए अग्रज नेताहरुले छाडेर गएका अभिभाराहरुलाई पूरा गर्न सकिने बताए ।