
काठमाडौं, ३ जेठ । नेपालकी पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाका श्रीमान सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् ।
शेर्पाले बुधबार बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचरोमा पाइला टेकेका हुन् । ६३ वर्षीय शेर्पा यती समूहका अध्यक्षसमेत हुन् ।
उनले सातै महादेशका सबै अग्ला हिमालको सफल आरोहण गरेका छन् ।















प्रतिक्रिया