
काठमाडौं, २ जेठ । नेपालमा आज (मंगलबार) थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ हजार १०३ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, आज २४ जना निको भएका छन् ।
हाल देशभर एकसय जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये १० जना संस्थागत आइसोलेसनमा, १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।















प्रतिक्रिया